सुरक्षाको उपाय

बसन्तपुर दरबारको यही ठाउँबाट केही अघि नाबालिका छोरीसहित एक आमाले आत्महत्या गरेकी थिइन्। अहिले दरबारका झ्यालहरुमा यसरी काठ टाँगेर सुरक्षाको उपाय अपनाइएको रहेछ। (more…)

बसन्तपुर दरबारको यही ठाउँबाट केही अघि नाबालिका छोरीसहित एक आमाले आत्महत्या गरेकी थिइन्। अहिले दरबारका झ्यालहरुमा यसरी काठ टाँगेर सुरक्षाको उपाय अपनाइएको रहेछ। (more…)
-SateLite
जगदिश घिमिरेलाई लागेको Multiple Myeloma Cancer को कुनै उपचार छैन। छ त केवल चिकित्सकले दिएको २-४ वर्षको बाँकी जिन्दगी जिएर मृत्यु पर्खिने उपाय मात्र ! तीस वर्षभन्दा बढी दैनिक योग गर्ने गरेको र आहारविहारमा ध्यान पुर्याउने तपाईँलाई कस्तो लाग्ला अचानक Multiple Myeloma Cancer ले गाँजेको थाहा पाँउदा ? जबकि तपाईँ अमेरिका हिँड्दा स्वस्थ,हट्टाकट्टा देखिनुहुन्थ्यो र तपाइसँग त्यस्तो कुनै खासै बिरामी परेको इतिहास पनि थिएन जीवनमा ! कस्तो लाग्ला ! अवश्य पनि म जस्तो एउटा सामान्य मान्छेको निम्ति यो निकै असैह्य हुन्छ ! म रुन,कराउन अनि उफ्रन थाल्छु ! सायद धेरै यसै गर्लान्, केही ज्ञानीहरु छोडेर ! हो, त्यही हो जगदिश घिमिरेको स्थिति !
(more…)
नारायण अमृत
झण्डै ६ वर्ष पहिला राजधानी दैनिकको शनिवारीय परशिष्टाङ्क ‘सौजन्य’को संयोजक रहँदा कवि र साहित्यकारहरुको एउटा समूह आफैलाई लाज हुने शैलीमा चाकडी गर्न आइपुथ्यो। कविता, पुस्तक समिक्षा वा कुनै यात्रा विवरण छपाउने स्वार्थले काम गरेको हो त्यो। पछि मेरो भूमिका रात्रि डेक्ससम्म आइपुग्दा पनि कविता ‘गर्ने होइन’ फगत लेख्ने त्यो झुण्डले चाकडी गर्न छाडेन। त्यसको चार बर्षछि मैले राजधानी दैनिकबाट विदा लिएँ। त्यो झुण्डका सदस्यहरुले बाटोमा भेटे पनि ‘हेलो’ भन्न कठिन माने। चुरो चाहिं उनीहरुले मलाई चाकडी गरेनन् भन्ने होइन, प्रवृत्ति, सोच र हाम्रो सामाजिक तहमा विद्यमान निजी स्वार्थको गहिराइको हो। निजी स्वार्थी रुझानले निथ्रूक्कै भएका यस्ता मान्छेहरु पत्रकारलाई फगत उपयोगी बस्तु वा ‘युज एण्ड थ्रो’को सिद्धान्तबाट हेर्छन् भन्नेमा मलाई शंका छैन। (more…)
-अनिश भट्टराई, धरान-
ईतिहास विजेताहरुको घोडा भनिन्छ त्यसैले भित्री रुपमा जे जस्ता हथकण्डा अपनाईए पनि भविष्यमा बन्ने विध्यमान मुख्य राजनैतिक दलहरुको हैसियत र तिनीहरुको ब्यवहारले प्रष्ट पार्ने छ निश्चित समयावधी लिएर संविधान नै निर्माण गर्न भनेर चुनिएका राजनैतिह दल हरुले किन यती लामो समय सम्म “जावो सरकार निर्माणको प्रक्रिया ” पुरा गर्न सकेनन भनेर।
जे होस सरकार गठन प्रकियाले पुर्णता पाउने भएको छ। तर यतिले मात्र नेपालको अस्थिर राजनैतिक अध्याय पुरा हुदैन। प्रधानमन्त्री ओलम्पिक समापन समारोहमा सहभागी भएर फर्किए पछी सवै जसो नयाँ सरकार गठन भए पछी विभिन्न निकायमा हुने राजनैतिक नियुक्ती को प्रकिया सँगै सत्ता साझेदारीमा संलग्न सवै दलहरुले त्यसमा आफ्ना मान्छे पठाएर त्यसवाट राजनैतिक तथा आर्थिक फाईदा लिने लोभले गठबन्धनको असलि खिचातानी शुरु गर्नेछन । हुन सक्छ केही पदहरुमा वाँडफाड नमिले आँउदा दुई वर्ष पनि खालि नै रहनेछन। (more…)
शिवपुरी वनमुनि १२ दिनको बासपछि फर्कँदा जम्मा भएका ३१५ वटा इमेल आउटलुक एक्सप्रेसमा डाउनलोड गर्न डायल अप इन्टरनेटमा लागेको तीन घण्टाभन्दा बढी समय लाग्यो। तर, इमेलहरु अधिकांश काम नलाग्ने भए पनि तीन वटा इमेल बडो रोचक थिए। सबै एउटै विषयमा थिए, निवर्तमान प्रधानमन्त्रीलाई विश्व कै एक प्रतिष्ठित समाचार एजेन्सी एपीले नेपाली रिपोर्टर कै बाइलाइनमा गोरिल्ला भनेर लेखिदिएछ बाब्बै !
गोरिल्लापार्सेद कोरोल्ला ! कस्तो न्वारन गरिदिएको हो हाम्रो आदरणीय नेतालाई यी विदेशी सञ्चार माध्यमले हँ ? नेपाली रिपोर्टरले त पक्कै त्यस्तो नाम टाइप गरी पठाएन होला। यो त अति भएन र ? कुनै नेपाली सञ्चार माध्यमले उनीहरुका भावी राष्ट्रपति बाराक ओबामाको नाम पनि बाराको बौआमा भनेर लेखिदेलान् नि है, होस् गर्नुस् !
आज पूरै ११ दिनपछि पहिलो पटक कम्प्युटर अगाडि बसेको छु र यी अक्षर टाइप गर्दैछु। तपाईँहरुले कतिको महसूस गर्नुभयो कि भएन, थाहा भएन। तर विगत १२ दिनदेखि म यहाँ थिइनँ। म गएको थिएँ निकै टाढा, मनको अपरेसन गर्न। एसएन गोयन्का र भीमवर सिंह थापाले गर्नुभयो मेरो अपरेसन र आज केही घण्टाअगाडि मात्रै म फर्किएको हुँ।
काठमाडौँमा जुन दिन प्रधानमन्त्रीको निर्वाचनको लागि मनोनयन दर्ता गर्ने दिन थियो, अगस्त १४ तारिख, त्यही दिन मध्याह्नदेखि म इन्टरनेट, इमेल, टेलिफोन, मोबाइल, टिभी, रेडियो- सम्पूर्ण सञ्चारमाध्यम र बाहिरी संसारसित मेरो सम्पर्क विच्छेद भएको थियो। रातभर अनि बिहान ४, ५ र कहिले त ६ बजेसम्म पनि इन्टरनेटअगाडि बसेर ब्लगमा रमाउने नशा चढिसकेको मलाई ती सबबाट एक्कासी टाढा रहनु निकै गार्हो र एक किसिमले रोमाञ्चक अनुभव पनि थियो। (more…)

जावलाखेलको एउटा खाली होर्डिङ बोर्ड भाडामा भन्दै यसरी कुरुप देखिने गरी मोबाइल नम्बर पोतेको कति नराम्रो देखिएको ! माइसंसारका केही पाठकहरु जेमा पनि कविता लेख्न सक्ने खालका छन्। तर त्यसरी अप्रासंगिक विषयमा कविता टाँस्ने काम चैँ त्यति राम्रो हैन है। बरु तपाईँहरुलाई चुनौति ल, यो फोटोमा आधारित कविता लेख्न सक्नुहुन्छ ? पर्खि बसेका छौँ है आउला भनी कविता। कविता अडियोमा वाचन गरे पनि हुन्छ। (more…)
प्रस्थान
ZZ तपाईले भन्नु भएको जस्तै खुला सिमानाको नियन्त्रण, वर्कपरमिट लागु गर्न पर्ने, भिसा लागु गर्नु पर्ने (भलै त्यो अहिले संभव नहोला) त्यसमा सहमती जनाउँदा जनाउँदै केहि कुरामा विमत्ति राख्न चाहन्छु । अव नेपाल भारत सम्वन्धको नयाँ परिभाषा हुन पर्दछ । विगतका शासकहरुले जस्तो सधै भारतसँग झुकेर होइन एउटा स्वतन्त्र अस्तित्व भएको राज्यले जसरी नेपालले भारतलाई व्यवहार गर्नु पर्दछ । प्रचण्डले त्यसको एउटा क्रमको शुरुवात गरे जस्तो मलाई लाग्छ । किनकी प्रचण्डले विगतका दिल्ली दर्शनको परम्परालाई तोडे । जवकी उनलाई भारतले चीन भ्रमण नजानको लागि कुटनैतिक दवाव दिएको कुरा माओवादीका विदेश विभाग प्रमुख सिपी गजुरेलले र्सार्वजनिक रुपमा भनिसकेका छन् । त्यसको भारतिय पक्षबाट कुनै खण्डन नभएकोले त्यो कुरा साँचो हो भन्न सकिन्छ । प्रचण्डले सांकेतिक रुपमा भने पनि नेपाल एक स्वतन्त्र राष्ट हो । त्यसको प्रधानमन्त्रीले पहिला भ्रमण भारत कै गर्न पर्छ होइन आवश्यकता अनुसारको जुन देशको पनि गर्नसक्छ भनेर कुटनैतिक जवाफ दिएका छन् भारतलाई जस्तो लाग्छ । तर यो उनको कदम भविष्यमा उनलाई कति प्रत्युपादक हुन सक्छ हेर्न वाँकि छ । किनकी दिल्ली दाईना भए नेपालका सरकारको आयु लामो हुने हो भन्ने मान्यता नेपाली समाजमा छ । (more…)
- ZZ बाट -
अघिल्लो ब्लगमा मैले राष्ट्रपति चुनावमा अमेरिकि मोरीयार्टी नीति सफल भएको तर प्रधानमन्त्रीको चुनावमा भने आंशिक सफलता मात्रै मिलेको छ भनी लेखेको थिए । अर्थात प्रधानमन्त्री चुनावमा अधिक सफलता भने भारती नीतिलाइ हात लाग्यो । नेपालको आन्तरीक र बाह्यमामिलामा नियन्त्रण राख्न उद्यत भारतिय नियोगहरु अचेल नेपालमा झन झन आक्रामक र दीर्घकालीन रुपमा नेपाली समाजलाइ धराशायी पार्ने रणनीति बनाउन तल्लीन छन भन्ने मलाइ महशुस हुन थालेको छ । सामान्यतया भारतको स्वार्थ भनेको नेपालको जलश्रोत र खनीज श्रोत तथा भारतीय स्वार्थ अनुसार चल्ने कठपुतली सरकार नेपालमा स्थापना गराउने नै त होला भन्ने सबैले बुझेको छ । तर हालैका घटनाक्रमहरुले यी सामान्य बुझाइको दायराभन्दा धेरै गुणा घातक योजना भारतसित रहेको हुन सक्ने सम्भावनाहरु देखाएको छ ।
पश्चिम नेपालका जिल्लाहरुमा गौरा पर्व अधिक लोकप्रिय छ। तर, राज्य संरचनाले त्यसलाई मान्यता नदिँदा र मूलधारे संस्कृतिको दबावमा त्यो माथि आउन सकेको छैन। आज मध्पश्चिम र सुदूरपश्चिमका जिल्लाहरुमा आपसमा शान्ति र सद्भावको कामना गर्दै मीठा मीठा खानेकुरा र नयाँ लुगा लगाएर हर्षोल्लासपूर्वक गौरा पर्व मनाइँदैछ। यो वर्ष कृष्ण पक्षमा गौरा परेका हुँदा अँधेरी गौराको रुपमा यसलाई मनाइँदैछ।
पाँच थरि अन्न केराउ, मास, गहूँ, गुराँस र गहत एकै ठाउँमा मिसाएर विरुणा बनाइन्छ। ब्रतालु महिलाले चोखो मनले तामाको भाँडोमा विरुण भिजाउँछन्। षष्ठीको दिन जलाशयमा गई गौराको फाग गाउँदै विरुणा पखाल्नुपर्ने चलन छ। यही विरुणाले पूजा गरिन्छ र मुख्य प्रसादको रुपमा ग्रहण गरिन्छ। (more…)
-सुषमा मानन्धर-
किन हो किन, रत्नमायालाई आज बिहानदेखि अंगुर खान मन लागेको थियो। यो जाडोमा अंगुर मात्र हैन, उसले कुनै पनि फलफूल मुखमा राखेकी नै थिइन। अक्सर सिजन अनुसारको फलफूलहरु उसले किनेर ल्याइरहेकी नै हुन्थी। आफन्तहरुले पनि यसो भेटघाटमा आउँदा औपचारिकतावश केही न केही ल्याएकै हुन्थे तर अंगुर भने यसपालि कसैले ल्याएका थिएनन्। त्यहीमाथि उसले सँधै किन्ने फलफूलको पसल पनि विगत केही दिनदेखि बन्द थियो।
त्यसैले आज मन्दिरबाट फर्कँदा बाटोमा साइकलमा राखी फलफूल बेच्न बसेको मधेसीसँग उसले अंगुरको लागि निकै मोलभाउ गरी। किलोको सत्तरी भन्दा घटाउनै मानेन। त्यो ठाउँमा बेचिरहने मान्छे अर्को नभएर हो कि कुन्नि उसले रत्नमायाको कुरै सुन्न चाहेन। किलोको साठ्ठीमा दिनु भनी ढिपी पनि गरेकी हो। “त्यति त हाम्रै परेको छ साहुनी” भन्दै उसले टेरपुच्छर लाएन। एक पाउमात्र लिने भए त झन पन्ध्र नै पर्ने भन्दै थियो। बाह्रमा दिए आधा किलो लिन्छु भन्दा पनि भाउ घटाउन ऊ टसमस नभएको हुँदा “त्यसो भए आफै खानू” भन्दै रिसाउँदै फत्फताउँदै उसले रहर लाग्दा पोटिला अंगुरका दानाहरु चुकचुक गर्दै छोडेर आई। (more…)
दिपेश गौतम
यो सानो मुलुकमा भएको विविधतामा हामी गर्व गर्छौँ तर त्यस विविधता भित्रको भद्रगोलको कटाक्ष गर्दै लेखेको मेरो अघिल्लो लेखमाथि कतिपय महानुभावहरुले गुनासो गर्नु भएको थियो । हामीमा गर्व गर्नपर्ने कुरै नभएका हैनन् । गर्व गर्ने मध्यकै एउटा नेपालीपन हो बहुलता । तर यस भित्रका सकारात्मक पक्षको प्रसंसा गर्न भन्दा यसमा रहेका धेरै खराब पक्षलाई उजागर गर्दा नै त्यसले परिस्कृत हुने मौका पाउँछ । त्यसकारण यो लेखको उद्देश्य पनि वहुलतालाई विकृत बनाइएका केहि नकारात्मक पक्षहरुको कटाक्ष गर्नु नै हुनेछ । (more…)
यो नेकपा एमाले भन्ने पार्टी बडा गजबको लाग्छ मलाई। सबैको सहानुभुति यो पार्टीले पाइरहेको हुन्छ। चुनाव अगाडिका कतिपय सर्वेक्षणले त यसै पार्टीले चुनाव जित्छ पनि भनेका थिए। तर यो पार्टीले सँधै धोका मात्र पाइरहेको देखिन्छ। राजाले प्रधानमन्त्रीको टेण्डर मागेका बेला तत्कालिन महासचिव माधव नेपालले दौरा सुरवाल सिलाएर प्रधानमन्त्री पद खान जान लाग्दा त्यो बेला गठवन्धनका एक सदस्य नेपाली काँग्रेसका सभापति गिरिजा प्रसाद कोइरालाले एमालेलाई टेण्डर हाल्न रोकेका थिए भन्ने खुब सुनिन्छ। तर, अहिले भने सपथका लागि दौरा सुरवाल लगाएर सिंहदरबार पुगेका एमाले मन्त्रीहरु (भइनसकेका) आँफैले देख्न पाइयो। (more…)

राजनीतिका फोहोरी खबरहरुभन्दा पर आज हेर्दै शान्ति अनुभूति हुने एउटा स्थानको ई यात्रामा लाँदैछु तपाईँलाई। विश्वसम्पदा सूचिमा परेको बौद्धनाथ स्तुप। विश्व सम्पदा सूचिमा त परेको छ तर युनेस्कोले यसलाई खतरामा परेको भनी बेलाबेलामा चेतावनी पनि दिने गरेको छ। तपाईँ पनि काठमाडौँमा हुँदा धेरै पटक जानुभएको होला बौद्धमा। म बस्ने ठाउँबाट टाढा पर्ने हुनाले स्वयम्भूको तुलनामा बौद्धमा निकै कम जाने गर्छु म। केही दिनअगाडि त्यहाँ पुग्दा पछिल्लो पटक गएभन्दा एउटा महत्त्वपूर्ण फरक पाएँ यहाँ। तपाईँलाई थाहा छ, के फरक हो त्यो ? (more…)
प्रधानमन्त्री पुष्पकमल दाहालले भर्खरै मात्र देशवासीको नाममा सम्वोधन गर्नुभएको छ। प्रधानमन्त्रीले बाहिरी औपनीवेशवाद र सामन्तबादबाट देश उन्मुक्त गराउन जनयुद्ध, जनआन्दोलन र मधेस आन्दोलनका क्रममा शहीद भएकालाई श्रद्धाञ्जली अर्पण गरेर सम्वोधन सुरु गर्नुभएको थियो। लोकतन्त्रलाई मुठि्ठर हुनेखानेका लागि नभई बहुसंख्यक जनताको लागि बनाइने बताउँदै प्रचण्डले लोकतन्त्रलाई दिगो बनाउन गाउँका कुना कप्चाका निमुखा र गरीबलाई पनि लोकतन्त्रको आभास दिने बताउनुभयो। (more…)
Powered by WordPress